Home | Share Your Articles | Advertise | Sitemap | About Us | Privacy Policy | Contact Us

HTML tutorial

आऊ यो राष्ट्रियताको बाटो"

History_Of_Gorkha_soldiera
आऊ यो राष्ट्रियताको बाटो"                            Submitted By :: Devin Bavu (देविन बावु राई)
आऊ यो राष्ट्रियताको बाटो"                                                          Basaha One Udaypur
तकमै तक्मा भिरेर                                                 Email: bavu_baraa@yahoo.com
कर्णेल बन्ने रहरमा
गुर्काजको भर्ती खान घोपा क्याम्प छिरेको म
छोटो मान्छे, उचाइमा फेल !
वजनमा फेल !
रनिङमा फेल !


गाँठ्ठे,
लाजले मर्नु,ज्यानमारा दगुराइमा
खोन्चे भोटेको तिघ्रामा ठोक्किएर दश मिटर पर उछिट्टिँदा
बजियाहरूले ताली पड्काएर हाँसो गरेको सम्झिन्छु की
मर्नु हुन्छ आज पनि।
तर त्यस बेला खुइलेहरूले हामीलाई
युद्धको कुराहरू ल्याएर
तर्साउन सम्म तर्साए !
हुन त गौरव पनि त लाग्छनि, उनिहरुले भन्दा -
त्यो यमराजको शहरमा
कस्को हिम्मत ?
हानोइका तरुणिहरूलाई काखमा राखेर
चुप्प चुप्प म्वाइ खाने हाम्रै पुर्खाहरू त हुन् रे !
झन् -
एउटा बुढो खुइलेले हौसिएर भनेकाथिए,
मलाइ डर लाग्थ्यो,
तिम्रा पुर्खाले अर्जेन्टिनाको झाडिमा
बाघको पिठ्युँ माथी चढेर
त्यस्को दारा उखेलेको
खुद मैले देखेको छु।
के कुरा गर्नु पत्याइनसक्नुको -
फक्ल्याण्डको भिर घोप्टिँदा
बङ्कर पल्टाउने पाखुरा पनि त
हाम्रै पुर्खाका त हुन्, रे
होला होला ! पक्कै पनि हुनु पर्छ,
ब्रिटिशकै पल्टनमा त हो
युद्धमै होमिएका मेरा सानो बावुका हातमा
फलामको नली छ, भन्छन्,
आज पनि -
सिति मिती टेढे-मेढे तन्देरीहरूलाई झापु हान्न पाए
तीन ताप्के मुत्छन्, खाँटि कुरा !
ती खुइलेहरुनै भन्छन्,
कुन् माटो छ विश्वको त्यो तिम्रो पुर्खाले नटेकेको
तिम्रो पुर्खाले नजितेको कुन युद्ध छ इतिहासमा ?
तर खोइ? हामिले कहिल्य देखेनौ आजभोलि
आफ्नै झण्डालाइ शिर उँचा पारेर
नेपालिहरूले सल्युट गरेको !
के आज -
तिमिहरुमा कुनै पुरज छ बाँचेको ?
खोइ कुन तेज छ तिम्रो आँखामा पुर्खाको निशाना ?
के एउटा खुकुरी भिर्दैमा सबै गोर्खाली हुन्छन् र?
साँच्चै नाजवाफ !
कहाँ छ र मेरो पुरजको निशाना मेरो आँखामा
जस्ले दिनभर तरुणि पछ्यौँदै ठीक्क !
खोइ ! कुन पाखुरी छ र आज म सँग
बङ्कर पल्टाउने मेरो पुर्खाको
मैले दुई किलो ग्रामको झोला झुण्ड्याएको छैन आज सम्म !
 नी किन हैन र ?
एउटा खुकुरि भिर्दैमा सप्पै बहादुर कहाँ हुनु?
स्वाभाब पो हुनु पर्छ बहादुरिताको
नेपाली माटोमै जन्मेर पनि
सप्पै नेपालि कहाँ भैइँदो रैछ र ?
देश् बाँच्ने मुटु पो नेपालि हुनु पर्दो रैछ
त्यहि त साथि
हामि छुटेको दोबाटो साँच्चै दुखदायी छ,
हामि हिँडेको बाटो बास्तबमै कति भ्रष्ट ?
हामिले आफ्नै देशलाई हेरेको नजर कति अश्लिल ?
आऊ ,
बिचरण हुनु नयाँ बिचारमा र
पुन प्रारम्भ हुनु इतिहासमा !
फेरि त्यस्तो माटो नहोस् विश्वमा नेपालिले नटेकेको,
अब विश्वले नपढेको ईतिहास कहिँ नहोस् नेपालिको
आऊ अनुप्रास हुन नेपालीमा फेरि ,
बर्ण देखि बिचार बराबर बोकेर
संगै जाउँ यो राष्ट्रियताको बाटो !!!

-देविन बावु राई


Submit your articles like poems,Story,Education Writings,News,Hisory etc Click here
Read more Nepali poems submitted by others Click here