Home | Share Your Articles | Advertise | Sitemap | About Us | Privacy Policy | Contact Us

Poems/Articles/Stories from Darjeeling

If you have problem in writing Nepali or Hindi : Click here
Share your Articles/Poems/Stories/Creative writing : Click here

Abinash Yakkha Dewan                                                              
Takdah Cantt, Darjeeling Email-abinash_dewan@yahoo.co.in      

 
                            
गुड्डी                                                    

म हूँ एक गुड्डी,
परम्परा मेरो छुने आकाश,
आकांक्षा मेरो उड़ने झै बतास,
जसले गरे मेरो र्निमाण,
उसै संग जोडीएको मेरो प्राण,


लहसिएर यसरीनै हवा संग,
उड़दा उड़दै भए म झसंग,
रुखको हांगोमा पारी,
बसेको छ एउटा चरी,
देखेर उसलाई मनमा मच्चियो खुलदुली,
मच्चिएर गए उसलाई सुनाउन मनको ढुकढुकी,
आर्श्चाय प्रकट पहिले गरी,
बादमा भनि नाँउ मेरो सुनचरी,
कुरामा काहनी र्गदा न र्गदा भएछ अबेला,
यसरीनै अब उसको जाने भएछ बेला,
गए उ हवाको भेगमा फरर उडी,
बसे म हवाको भेगले हांगोमा अड़की,
चेष्टा गरे आफुलाई छुट्टाउन अनेकौ चोटि,
हारेर आखिरमा आफुलाई भने भाग्य यी तेरो गुड्डी,
सहेर दुख र कष्ट बिते बर्षा,
हिउँदो आयो फेरि लिएर एउटै आश,
आउछिन् होला त्यही सरल सुनचरी,
तर बिते हिउँदो छैन निशान वारी पारी,
कति हो कति विते मेरो जीवनको काल,
छु आज म केवल एउटा नरकंकाल।

"तिम्रो आगमन्" By Puran Gurung

 Samalbong Maney Dara
 Email :puranforu@yahoo.co.in





निशापट अधेरो
कालो चुक छरे झै
उराठ लाग्दो जिवन थियो मेरो
भब्य एक्लोपन म 
जिन्दगी घस्रदै थियो
निन्द्राहरु, सपनाहरु
अनी थुप्रै कुरा हरु 
नपाकेर, नपुगेर
आखाहरु उज्ज्वल दिनको 
अनागत प्रतिक्षामा थियो
तिम्रो आगमनले 
आनयसै यो जिन्दगी लाई
यो कोल्टे फेर्दा फेर्दा भएको
अनिधो जिवनलाई 
गती मिल्यो
अवस्यै सङघर्ष को मैदानमा
उत्रने प्रेरना मिलेयो ।


उकुस मुकुस परेका यि 
एउटा मुटु 
तिमीले ल्याएको
उज्वल दिन देखी 
स्वतन्त्रताको श्वास फेरेको छ
म सँग समबन्धित 
सबै कृयाकलापले नै
पखुरा सुर्काएको छ


सुती सके को CPU मस्तिस्क पनि
कुनी के के command पाएर
भटाभट चलिरहे छ
अनी बहिरा को उज्ज्वल दिन 
तिमीले ल्याएको सुन्दर दिन
हेर्ने तर्खर गरेको छ
साची भनु भने
तिम्रो अगागमनमा यो जिन्दगी 
धेरै धेरै नै रमाएको छ ।




आफ्नोपन                                             - सन्दीप खाति


आफ्नोपनको त्यो न्यानो सुर-ताल्
माद्ले गीतको त्यो मिठो झन्कार्
छम-छम नाची रहने मारुनी प्यारो
गर्भले भन्न सक्छौ हामी नेपाली छोरो

                            आत्मा रुवाउने ति स्लोक लय
                            फैलियोस फेरी हावाको कनमा
                            नभुलोस विश्वाले अस्तित्व हाम्रो
                            अमर छाप बसोस सबैको मनमा

chorous
भाई टिका लगाई देउसी खेल्ने मनमा यादहरु अझै ,
चेलीले दिएको आसिस थापी बिर गती पाउने नि धेरै ,

                         गुन्जियोस हाम्रो कथा बिरता प्रेमको
                         नहोस कहिले पराजरी हामी गोर्खाको
                         चाहे बाचौ हामी अपार दुखमा
                         तर एकत| रहोस जन्मौ सम्मलाई



        "आमा"                                          - सन्दीप खाति


जन्म दियो कर्म दियोउ,
चर्को घाममा सितल छायाँ बन्योउ,
झरी पर्दा ओथ बनि,
आफु भिज्योउ स्वार्थ नहेरि  ।

चिम्लेका ति आखाँ उघारी ,
संसारको मनोरम्य दृश्य देखा योउ,
टुकुले हिडाईमा लड्न खोज्दा ,
आफु लडी मलाई उठायोउ ।

आफ्नो भोको पेट नहेरि,
मलाई तिमिले अ्मृत पिलायोउ,
न्यानो हातले सुम्-सुमाई कन्,
मिठो-मिठो सपना देखायोउ ।

आफ्नो कर्तब्य पुरा गरी ,
छाडी गयोउ संसार नहेरि,
तिम्रो ममताको ऋणी भए म,
डगमगाई रोए चित्कार भरि ।

आउदैन फेरी त्यो दिनहरु कहिले,
कसलाई भन्नु अब "आमा फेरी,
"आमा" पाईदैन जिवनमा घरि-घरि,
"आमा" पाईदैन फेरी मुल्य तिरि,
आघात नपुराउ ममतालाई कसै गरि । ।



मेरो दिव्यत्व् क्षिन हुँदै गएको आभास पाएको छु By Puran Gurung[Samalbong Maney Dara]

भौतिक संसारको रंगमन्चमा

आफैलाई पात्र बनएको छु

यो भात खाने दौडमा

म आफैलाई दौडाएको छु 


धेरै थोरै कम्ती बेसिमा

मा आजकल रमाएको छु

सुख साधन र सम्पन्नतको घडेरी बसऊन

म धेरै नै रमाएको छु 


सायद सबैलाई नै यस्तो लाग्दो हो

यो संसारमा जिउन मैले आफैलाई नै

कती सम्म पतन बनाएको छु

तर मलाई यस्तो लागिरहे छ

स्वार्थ पुर्ती र कामना प्राप्तीको होड्मा

म आफैलाई सोझै होम्याएको छु

यसैले दिन प्रतिदिन म आफ्नो दिव्यत्व्

क्षिन हुँदै गएको आभास पाएको छु |

   मूल्यांकन 

हाँसेर हँसाउनेहरु भन्दा
रोएर हँसाउनेहरु पनि छन यहाँ
बाँचेर बचाउनेहरु भन्दा
मरेर बचाउनेहरु पनि धेरै छन यहाँ

जीतेर लक्ष्य चिनाउनेहरु भन्दा
हारेर बाटो देखाउनेह्ररु पनि छन यहाँ
तर यहाँ यस्तै विड्म्बना छ
 यहाँ त्यहाँ जहाँ तहाँ यस्तै रिती छ
 सायद यस्तै छ यहाँ
 मूल्यांकन को Software load नभएका
 मानव computer हरु ।

Poem Submitted Puran Gurung
Middle Samalbong

Email : Puranforu@yahoo.co.in



आधा रातमा मुटु चुरमुररिएर औछ ,
मुर्झाएको वर्तमान परिस्थिती हेर्दा ।
मेरो हातमा यदी भएको भए...!
समतल भांचेर पहाड बनाउँ थे,
चिमली सकेका आखाँहरुलाई
फेरी नौलो सपना दिन्थे,
हारी सकेको जिन्दगीलाई 
जितने नयाँ लक्ष्य दिन्थे,
रोएका मुटुलाई फेरी हास्ने खुसी दिन्थे
मेरो हातमा भएको भए...





Submit your articles too : Click here

Leave your comments for Darjeeling हाम्रो प्यारो दार्जीलिङ

"यो मेरो दार्जीलिङ यो तिम्रो दार्जीलिङ प्राण भन्दा प्यारो हाम्रो दार्जीलिङ " नेपालीमा लेख्नको निम्ती यहाँ क्लिक गर्नुहोस
Share Darjeeling with your friends


Disclaimer

The information contained in sandeep-hamrodarjeeling is for general information purposes only. while we endeavor to keep the information up to date and correct, we make no representations or warranties of any kind, express or implied, about the completeness, accuracy, reliability, suitability or availability with respect to the website or the information, products, services, or related graphics contained on the website for any purpose. Any reliance you place on such information is therefore strictly at your own risk.